काठमाडौँ– महिला लघुवित्तको आइपीओमा आज आइतवारसम्ममा ९ लाख ६३ हजार ८ सय ६८ जना आवेदकबाट १ करोड ४९ लाख ३५ हजार ९ सय ७० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३९.८२ गुणा बढी हो ।
कम्पनीले माघ ३० गतेदेखि आइपीओ बिक्रि खुला गरेको हो। कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । कम्पनीको आईपिओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ ।
आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया