काठमाडौँ– मकवानपुरको थाहा नगरपालिका ६ मा रहेको ‘सामुदायिक थाहा विकास भवन’ आज एक समारोहबीच हस्तान्तरण गरिएको छ ।
माधवराज सुमार्गी स्मृति कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो । स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेका हुन् । भूकम्पपश्चात् भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो ।
भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागिसमेत सहज बनाउन भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए । उनले थाहा आन्दोलनका प्रणेता स्व रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरे ।
भवन निर्माण सम्पन्न भएको झण्डै तीन वर्ष भए पनि उक्त भवन औपचारिकरूपमा हस्तान्तरण भएको थिएन । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया