मकवानपुर– जेष्ठ नागरिकलाई सम्मान स्वरूप गरिने नेवाः सँस्कृती ‘जंको’ मकवानपुरको टिस्टुङमा पनि भित्रिएको छ ।
टिस्टुङका स्थानीय हरिगोपाल श्रेष्ठले पिता बलराम श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन ७ घडी सात सेकेण्ड पुगेको अवसर पारेर माता नक्कली श्रेष्ठलाई समेत रथमा राखी दुबै दम्पतीको जंको गरिएको हो ।
भिमरथारोहण पनि भनिने उक्त जंको संस्कृति अनुसार बलराम र नक्कली श्रेष्ठलाई बाजागाजा सहित पूजाआजा गरि टिस्टुङ बजार परिक्रमा गरिएको थियो । जंको समारोहमा टिस्टुङका स्थानीय तथा श्रेष्ठ परिवारलाई साथ दिन काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक लगायतका नेवार समुदाय तिष्टुङ पुगेका थिए ।
समाजसेवी हरिगोपाल श्रेष्ठले अनुसार टिस्टुङ नेवार समुदायको रहेको वस्ति भए पनि कतिपय नेवा संस्कृति लोप हुँदै गएकाले संस्कृति बचाउन पनि विविध प्रयास गर्दै आएको बताए । विगतमा पनि ज्यापु संस्कृति विकास कोषले तिस्टुङ नेवा पुचलाई बाजा उपलव्ध गरेर सहयोग गरेको र त्यसले संस्कृति जगेर्नामा यूवाहरुमा थप उत्साह छाएको बताए ।
जंको नेवार समुदायमा मानव जीवनमा अति उत्तम मानिने जेष्ठनागरिक पूजक संस्कृति हो । उमेरले पाको हुँदै जेष्ठतामा प्रवेश गरेपछि नेवाः समुदायको जंको गर्ने प्रचलन छ । सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने परिपाटी नै जंको हो र जंकोमा सुस्वास्थ्य र लामो आयुको कामना गर्दै जंकोमा सहभागी हुने जेष्ठ नागरिकबाट आशिर्वाद थाप्ने चलन छ ।

साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ । जंको गरिसकेका वृद्धलृद्धाले भनेको अर्ति उपदेश मान्ने गरिन्छ । जंको गरिसकेका जेष्ठ नागरिकको कहिल्यै चित्त दुखाउनु हुँदैन भन्ने मान्यता अनुरूप व्यवहारमा उतार्ने चलन छ । श्रीमान् हुने महिला भए श्रीमान्कै साइट अनुसार रथारोहण गराइन्छ । वृद्ध महिलामात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्ने प्रचलन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया