१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

कपिलवस्तु । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिजयनगर गाउँपालिकाका ३२ वर्षीय कर्ण बहादुर मल्ल रहेका छन् ।

मल्लले ती किशोरीलाई सोही गाउँपालिका २ स्थित गुगौलिस्थित जंगलमा शुक्रवार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर आज( आइतवार) बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?