बुढानिलकण्ठबाट भालुको पित्तसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बुढालिककण्ठबाट भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका वडा न २ घर भई हाल बुढानिलकण्ठ नगरपालिका बिष्णुमति बस्ने बिगुन राई रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उक्त क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित भालुको पित्त अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा बिष्णुमति चोकबाट १०३ ग्राम तौल भएको प्रति ग्राम पच्चिस हजारका दरमा बिक्री गर्ने क्रममा २ थान पित्तसहित उनलाई पक्राउ गरेको हो । त्यस्तै उनको साथबाट एक थान मोवाईल समेत बरामद गरिएको छ ।

उनलाई पक्राउ गरी त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?