कपडा बरामद

धनगढी, १८ असोज ।प्रहरीको टोलीले भन्सार छली गरी भित्र्याइएको रु १० लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा मंगलबार बरामद गरेको छ ।सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट यी सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट कपडालगायत रहेको छ ।बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?