काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।
आइतवार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अरिप्रसाद फुयाँलको संयुक्त इजलासले जग्गा प्रकरणबारे प्रमाण झिकाउन आदेश दिएको हो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन भनिएको हो ।
प्रधानमन्त्रीद्वय भट्टराई र नेपालले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय गरेकाले भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन मन्त्री र सचिव समेतलाई मुद्दा चलाएको अख्तियारले उनीहरूलाई भने छुट दिएको भन्दै उनीहरुलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया