काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध फागुन ३ गते सोमवार (भोलि) देशभर प्रदर्शन गर्दैछ ।
भोलिको विरोेध प्रदर्शनमा व्यापक सहभागिता जनाएर संसद विघटनविरुद्ध ऐक्यवद्धता जनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले ७७ वटै जिल्ला कार्यसमितिले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागि हुनको लागि अपील गरेका हुन् ।
“केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु ।” उनले भने ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन गरेको थियो ।
अघिल्ला विरोध कार्यक्रमहरुमा व्यापक जनसहभागिता भएको दाबी गर्दै भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता भएर प्रभावकारी बनाउन आग्रह गरेको छ । “अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको सभापति देउवाले बताए ।
“त्यस्तै पार्टीका सबै तहका नेताकार्यकर्ता साथै लोकतन्त्रवादीहरुमा भोलिको विरोध प्रदर्शनमा सहभागि हुन देउवाले अपील गरेका छन् । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।” देउवाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया