संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षद्वारा थप आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप  आन्दोलनको घोषणा गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षले आगामी फागुन ५ गतेबाट १५ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।

यसअघि तीन उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ । माघ १३ गतेबाट २८ गतेसम्म प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन गरेको थियो ।

पत्रकार सम्मेलनपछि केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने बताए।

त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने उनले बताएका छन् । साथै माघ १५ गतेसम्म देशका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका विरोधका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?