भिभोको Y12s नेपाली बजारमा, के के छन् फिचर्स ?

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आज आफ्नो Y सिरिजमा नयाँ स्मार्टफोन vivo Y12s नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । vivo Y12s को उपलब्धताको साथ भिभोले युवाहरुलाई विभिन्न मूल्य दायराहरुमा अर्थपूर्ण नवीनता भएका फिचर रिच स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार Y12s मा निकै शक्तिशाली, दिर्घायु 5000mAh ब्याट्रि, साईड–माउन्टेड फिन्गरप्रिन्ट प्रविधि र  AI Dual क्यामेरा रहेको छ ।

Y12s ले 6.51-inch Halo FullView™ डिस्प्ले सहित HD रेजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई निर्वाध मनोरञ्जनको अनुभव सुनिश्चित गरेको कम्पनीले जनाएको छ । उक्त नयाँ vivo Y12s युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरि निर्माण गरिएको दाबी गरिएको छ ।

भिभो नेपालका सिईओ, मार्स भन्छन्, “भिभो Y सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । Y सिरिजका स्मार्टफोनहरु सधैँ सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाईएको छ । शक्तिशाली 5000mAh ब्याट्रि रहेको उक्त vivo Y12s मा साईड–माउन्टेड फिन्गरप्रिन्ट प्रविधि, AI Dual क्यामेरा जस्ता फिचरहरु आकर्षक डिजाईनको साथमा रहेको छ ।”

तपाईको सबै आवश्यकताहरु पूरा गर्ने क्यामेरा

नयाँ vivo Y12s मा रहेको शक्तिशाली AI Dual क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामेरा समर्थित छ । 13MP रियर क्यामेरा र f/2.2  एपर्चरको साथमा हरेक विवरण Y12s को साथ चम्किन्छ ।

दिर्घायु ब्याट्रि

मोबाईलमा दिर्घायु ब्याट्रि जीवन सुनिश्चित गर्नमा एक छलांग लिदै, vivo Y12s मा AI पावर सेभिंग प्रविधिबाट समर्थित शक्तिशाली 5000mAh ब्याट्रि रहेको छ । एक पुरा चार्जले १६.३ घण्टा सम्मको अनलाईन मुभि स्ट्रिमिङ वा ८.९ घण्टा सम्मको गेमिङ अनुभव प्रदान गर्दछ । 5V/1A रिभर्स चार्जिङ पनि रहेकोले Y12s बाट मोबाईल पावर बैंक जस्ता अरु उपकरणहरु चार्ज गर्न सकिन्छ ।

आकर्षक ईमर्सिभ डिस्प्ले

Y12s मा रहेको 6.51-inch Halo FullView™ डिस्प्ले सहित HD रेजोलुसनको साथमा प्रयोगकर्ताहरुले भिडियोहरु हेर्दा वा गेमहरु खेल्दा निकै उत्कृष्ट प्रदर्शनी अनुभव प्रदान गर्दछ । उक्त डिस्प्लेमा विशेष Eye Protection Mode रहेको छ जुन सक्रिय हुँदा हानिकारक निलो बत्तीलाई फिल्टर गरि प्रयोगकर्ताहरुको आँखामा तनाव हुनबाट जोगाउँछ ।

चमकदार रङहरु

vivo Y12s दुई शानदार रङहरुमा उपलब्ध रहेको छः Phantom Black  /  Glacier Blue

उन्नत अनुभव

एक युवा केन्द्रीत ब्राण्ड रहेको रुपमा, भिभोले युवावर्गको स्मार्टफोनसँगको अनुभव वृद्धि गर्न धेरै सुविधाहरु एकीकृत गरेको छ र अन द गो पुस्ताको लागी अनुकूलित गरेको छ ।

Side-Mounted Fingerprint Scanner: भिभोको साईड–माउन्टेड फिन्गरप्रिन्ट डिजाईनले फिन्गरप्रिन्ट स्क्यानरलाई पावर बटनको साथ एकीकृत गर्दछ जसले गर्दा

-एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । यस डिजाईनले थ्ज्ञद्दक लाई आकर्षक देखाउने साथै मात्र ०.२३ सेकेण्डमा फोन अनलक गर्ने सहजता प्रदान गर्छ ।

उपलब्धता विवरण

Y12s नेपालमा १४ फेब्रुअरी २०२१ देखि उपलब्ध हुनेछ, मात्र १७९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?