इंग्ल्याण्ड Vs भारत दोश्रो टेस्ट : इंग्ल्याण्डलाई फेरि अर्को झट्का, दोश्रो विकेट पतन

काठमाडौं । भारत र इंग्ल्याण्डबीच ४ टेस्टको सीरीजको दोश्रो म्याच अहिले चेन्नईको चेपक स्टेडियममा भइरहेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो पारीमा ३२९ बनाएको छ ।

यसको जवाफमा इंग्ल्याण्डले १६ रन जोड्दा २ विकेट गुमाएको छ । अहिले ड्यान लोरेन्स र जो रुट क्रीजमा रहेका छन् ।

इंग्ल्याण्ड टीमको पहिलो पारीमा शुरुवात खराब रह्यो । पहिलो ओभरमै पहिलो विकेट गुमायो ।

तीव्र गतिका बलर ईशान्त शर्माले पहिलो ओभरमै ओपनर रोरी बन्र्सलाई आउट गरे ।

त्यसपछि रविचन्द्रन अश्विनले डम सिबोलीलाई १६रनमा आउट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?