घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको अन्तिम दिन शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ९ सय रहेको थियो । त्यस्तै आज सुन तोलामा १ सयले कमि आइ प्रतितोला सुन ९० हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य १५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदी १३ सय २० रहेको थियो । भने आज प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?