काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव शनिवार खारेज भएको छ ।
६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसालाई लिएर महाअभियोगको प्रक्रियामा ४ दिनको बहसपछि सीनेटमा भोटिङ भएको थियो । जसमा ५७ सीनेटरले उनलाई हिंसा भड्काएकोमा दोषी भन्दै भोट हाले भने ४३ जनाले ट्रम्पको पक्षमा भोट गरे ।
जसमा ट्रम्पलाई दोषी साबित गर्न बहुमत मिलेन । जसपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको नाम नलिएरै निशाना साँधेका छन् ।
पूर्वराष्ट्रपतिले भने, ‘यो समयमा यो भन्न दुख लागिरहेको छ कि, अमेरिकाको एक पार्टी कानूनको शासनलाई कलंकीत गर्नको लागि फ्री पास बाँडिरहेको छ, कानूनको पालना गर्ने एजेन्सीको अपमान गरिरहेको छ, भीड भट्काउनेलाई माफ गरिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया