प्रचण्ड-नेपाल पक्षको पत्रकार सम्मेलन, नयाँ चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले नयाँ चरणको आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटनको सिफारिसलाई अनुमोदन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ ।

माघ १३ गतेबाट शुरु भई माघ २८ गतेबाट तेस्रो चरणको आन्दोलन सकिएको छ ।

आज दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन घोषणा गर्नको लागि सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?