दीपिका पादुकोण ‘धूम-४’ मा भिलेन बन्न सक्ने

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण यशराज फिल्म्सको अर्को मूभी धूम ४ मा भिलेन बन्न सक्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रोडक्शन हाउसले फिल्मका लागि उनलाई अप्रोच गरेको छ ।

दीपिका पनि यो चुनौतिको सामना गर्न उत्साहित छिन् ।

आधिकारिक रुपमै उनले यो भन्दा पहिला यसमा विचार गर्नुपर्ने बताएकी थिइन् ।

अहिले उनी सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानमा काम गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?