जापानमा हरेक महिना घरेलु हिंसाका १५ हजार घटना

काठमाडौं । संसारको सबैभन्दा सुरक्षित देशमा रहेको जापान घरेलु हिंसासँग लडिरहेको छ । म्याक्डोन्ल्ड्स जापानका पूर्व चेयरम्यान ७२ वर्षीय एइको हारादालाई ६ फेब्रुअरीमा घरेलु हिंसाको मामिलामा समातियो ।

यो भन्दा पहिला ६७ वर्षीय मासमित्सु उचियामालाई ९० वर्षीय आमाबुबाको घाटी थिचेर हत्या गरेको आरोपमा जेल पठाइयो ।

पछिल्लो तथ्यांकअनुसार जापानमा हरेक महिना १५ हजार घरेलु हिंसाका केस दर्ता भएका छन् ।

घरेलु हिंसा मात्रै होइन त्यहाँ कोरोना कालमा बच्चाहरुले आत्महत्या धेरै गरेको तथ्यांक बाहिरिएको छ ।

त्यहाँ कोरोना कालमा आत्महत्या गर्ने बच्चाहरुको संख्या ४९ प्रतिशतले वृद्धि भएको छ ।

जापानमा १० वर्षमा पहिलो पटक यति धेरै आत्महत्याका केस साम्ने आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?