खाली हात फर्कियो डब्ल्यूएचओको टीम : चीनले एक्सपर्ट्सलाई कोरोनाको डेटा दिन इन्कार गर्यो

काठमाडौं । कोरोना भाइरस ‘कोभिड -१९’ को केस लुकाएको आरोप झेलिरहेको चीनलाई अहिले संक्रमितको साँचो र पूर्ण विवरण नदिएको आरोप लागेको छ ।

चिनियाँ वैज्ञानिकले भाइरसको ओरिजन पत्ता लगाउन वुहान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको टीमलाई र विवरण समेटिएको डाटा शेयर गर्न इन्कार गरेको हो । उनीहरुले सरकारले भनेको कुरा मान्नको लागि दबाव पनि बनाएको बताइएको छ ।

डब्ल्यूएचओले शुक्रवार यसको जानकारी दिएको हो ।

डब्ल्यूएचओका अनुसार यो डेटाको सहयोगले कोरोना भाइरसको ओरिजनलाई बुझ्न र नजिक पुग्न सहयोग गर्दछ । ‘गत अंग्रेजी वर्ष २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरसको उद्गमबारे अन्य जानकारी बटुल्न यो डाटा अनिवार्य छ । तर चीनले यो सबै उपलब्ध गराउन अस्विकार गरिरहेको छ ।’ डब्लुएचओका अन्वेषकहरुले भनेका छन् ।

टोली सदस्यले यो अज्ञात भाइरस कसरी चाँडो र कसरी व्यापक रूपमा विश्वभर फैलियो भन्ने बारेमा यो डाटा अध्ययनको लागि महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?