एट्लेटिकोसँग ग्रानडा पराजित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले ग्रानडामाथि २–१ गोलअन्तरको जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।

एट्लेटिकोका जितमा मार्कोस लोरेन्टे र एन्जेल कोरेराले समान एक–एक गोल गरे । ग्रानडाका लागि याङ्गेल हेरेराले एक गोल गरेका थिए ।

जितसँगै एट्लेटिकोले अंकतालिकामा ८ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको एट्लेटिकोले २१ खेलबाट ५४ अंक जोड्दा दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको रियल मड्रिडले समान ४६ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?