काठमाडौं । राष्ट्रिय महिला लिगमा आज आइतवार त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन्। आर्मी र चन्द्रपुरबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे शुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै आर्मी शीर्षस्थानको एपीएफसँगको अंकदुरी घटाउन चाहान्छ । आर्मीले ९ खेलबाट २२ अंक जोडेको छ भने शीर्षस्थानमा रहेको एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ। तेस्रो जितको खोजीमा हुने चन्द्रपुरले ९ खेलबाट ६ अंक जोडेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया