लिभरपुलको लगातार तेस्रो हार

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि ३–१ गोलअन्तरको जित निकालेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पहिलो गोल गरेको लिभरपुल सिटीको घरेलु मैदानमा पराजित भएको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहले एक मात्र गोल गरे । लेस्टर सिटीका लागि जेम्स म्याडिसन, जेमी भार्डी र हार्भे बार्नेसले समान एक एक गोल गरे ।

जितसँगै लेस्टर २४ खेलबाट ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुलले लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ। २४ खेलबाट ४० अंक जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?