एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले तालिकाको शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ। गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्याम हटस्परलाई ३–० गोलले हराउँदै म्यानचेस्टरले अग्रता बनाएको हो ।
इतिहाद स्टेडियममा भएको खेलमा इलकयी गुन्डोगनले दुई तथा रोडीले सिटीका लागि एक गोल गरे । सिटीले आफ्नो अपराजित यात्रालाई शनिवार १५ खेलसम्म पुर्याएको छ ।
जितपछि सिटीको २३ खेलबाट ५३ अंक भएको छ भने लेस्टर सिटी ४६ अंकसाथ दोस्रो स्थानमा उक्लेको छ । पछिल्ला पाँचखेलमा ४ हार ब्यहोरेको टोटेनहम भने ३६ अंक जोड्दै तालिकाको ९ औं स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया