१३ मङ्सिर २०८०, बुधबार

वीरेन्द्रबजारमा दुई महिनादेखि खानेपानी ठप्प

२०७४,आश्विन,१८,बुधबार ०७:५६

0
Shares

राजविराज, १८ असोज ९ ।सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।अविरल वर्षासँगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण त्यहाँको खानेपानी पाइप बगाएपछि खानेपानी ठप्प भएको बताइएको छ ।उक्त खानेपानीबाट त्यहाँका सयाौँ उपभोक्ता पानीको सेवा लिँदै आएका भएपनि सम्बन्धित निकाय मौन बसेका कारण पानीको समस्या हुँदा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताए ।शुद्ध पानी खाने आशामा धारा जडान गर्नका लागि रु एक हजार ५०० धरौटी र मासिक रु १०० को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षतिग्रस्त बनाएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले भने ।यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ ।गत असार १७ गते अविरल वर्षासँगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो ।यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८