सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ ।
मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् ।
रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उनी चढेको प्रदेश नं ३ (३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया