९ चैत्र २०७९, बिहीवार

नेपाली काँग्रेस, पाल्पाबाट उम्मेदवार सिफारिस

२०७४,आश्विन,१८,बुधबार ०७:५०

0
Shares

पाल्पा, १८ असोज ।नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।केन्द्रीय सभामा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी र समानुपातिकमा सन्दिप रानाको नाम सिफारिस गरेको हो ।प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ देवराज ढकालको नाम निर्विरोध सिफारिस भएको छ । त्यसैगरी, प्रदेश २ बाट प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजय ढकालको केन्द्रमा सिफारिस भएको हो । त्यसैगरी, समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्र भट्टराई, रुपा विक, विष्णुकुमारी थापा, डिल्लीराम रेग्मी र कृष्णप्रसाद भट्टराई रहेका छन् ।त्यसैगरी, केन्द्रीय सभाका लागि क्षेत्र नम्बर २ बाट हरिप्रसाद नेपाल, वीरबहादुर राना, राजनप्रसाद पन्त, डा रामप्रसाद ज्ञवाली र समानुपातिकतर्फ अम्बिका पौडेल, बसन्ती घिमिरे, विधान श्रेष्ठ, शोभा शाक्य, क्रान्ता बोहोरा, सारदा नेपाल, दमिका मियाँलाई सिफारिस गरेको छ ।प्रदेशका लागि क्षेत्र १ बाट ओमप्रसाद पोखरेल, खडकबहादुर कुँवर, जुद्धबहादुर थापा, ढुङ्गीराज पोखरेल, पदम न्यौपाने, विमल ढकाल, विनोद कार्की, मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण रायमाझी, लक्ष्मण खनाल, शंकर रायमाझी, सीतादेवी पोखरेल, हीराधर आचार्य प्रत्यक्षतर्फ केन्द्रमा नाम सिफारिस गरेको काँग्रेसले जनायो ।त्यसैगरी, प्रदेश नम्बर २ का लागि प्रत्यक्षतर्फ माधव नेपाल, प्रदीप उदय, यमलाल तिमिल्सेना, रमा पन्त, हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, सरस्वतीप्रसाद बस्याल र रामेश्वर पन्थी रहेका छन् । समानुपातिकतर्फ प्रदेश १ मा सीता नेपाल, लक्ष्मी गहिरे, माया खनाल, अम्मरबहादुर थापा, क्रान्ता अधिकारी, गिरिजा गहिरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी र नलबहादुर राना रहेका छन् ।त्यसैगरी, प्रदेशसभाका लागि २ नं बाट समानुपातिकतर्फ अजयमान कर्माचार्य, झपेन्द्र गहिरे, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, दलबहादुर राजपुतलगायत २२ जनाको नाम सिफारिस गरेकोे नेपाली काँग्रेस पाल्पाले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०७:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००