११ चैत्र २०७९, शनिवार

पर्यटकका लागि कटेज सञ्चालन

२०७४,आश्विन,१८,बुधबार ०७:३२

0
Shares

इलाम, १८ असोज ।इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरीले रु ४५ लाखको लागतमा ‘कन्याम भिलेज कटेज’ सञ्चालन गरेका छन ।‘चिया र पर्यटन साथ–साथै’ भन्ने नाराका साथ कटेज सञ्चालनमा ल्याएको सञ्चालक गिरीले बताए । अग्र्यानिक तरकारी, स्थानीय जातका कुखुरा, खरायोलगायतका खानाका परिकारका साथ कटेजमा लजको समेत व्यवस्था छ । कन्यामलाई प्लास्टिकमुक्त अभियानमा सहयोग गर्ने उद्देश्यले कटेजले प्लास्टिक निषेध गरिएको सञ्चालक गिरीले बताए ।विभिन्न स्थानबाट कन्याम घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको कटेजमा क्याम्पिङ फायर, मिटिङ हललगायतको व्यवस्था छ । विभिन्न परिकारको साथमा कन्यामका रमणीय स्थानको अवलोकनसमेत गर्न सकिने कटेजले पर्यटकलाई आकर्षित गर्न इन्टरनेटको समेत व्यवस्था गरेको छ ।इलामको विषेशताका साथ इलामका पर्यटकीय स्थानको जानकारी गराइनुका साथै अन्य पर्यटकीयस्थलसम्म जानका लागि सवारी साधनको समेत व्यवस्था गरिने बताइएको छ ।कटेजमा आएका पर्यटकलाई इलामकै उत्पादन ग्रीन टिले स्वागत गरिन्छ । पर्यटकलाई लक्षित गरेर कटेज सञ्चालनमा आएको यस कटेजले इलामको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले बताए ।असोज महिना लागेसँगै कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । खुल्ला मौसममा कञ्चनजंघा हिमाल, मनोरम चियाबारीको दृश्यले पर्यटकलाई मोहित पार्ने गर्दछ । यहाँ दैनिक सयौंँको संख्यामा पर्यटक आउने गरेका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०७:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११