कान्तिदेवी कुशवाहाको हत्यारा सार्वजनिक

RSS
0
Shares

काठमाडौँ– यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरीले प्रहरी नायब उपरीक्षक मिश्रको नेतृत्वमा नौ सदस्यीय छनबिन समितिले ३२ जनामध्ये लालबाबु र धनेश्वरी पक्राउ परेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?