महिला मार्चको प्रश्न: ‘हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ?’ (भिडियो)

काठमाडौं । महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा सिंहदरबार महिला मार्च भएको छ। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा भएको उक्त महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारसम्म भएको हो।

मार्चमा सहभागि भएका महिलाहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्। मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । मार्चमा सहभागीहरुले सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको पनि सहभागीता थियो ।

उनीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । प्रतिकात्मक रूपमा शवयात्रा सहित एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शव पनि बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?