काठमाडौं । १८ वर्ष पहिला झुटो शपथ पत्र पेश गरेको मामिलामा बलिउड अभिनेता सलमान खानलाई जोधपुरको जिल्ला अदालतबाट राहत मिलेको छ ।

राज्य सरकारको याचिकालाई कोर्टले बिहीवार खारेज गरेको हो ।
निर्णय सुन्नका लागि सलमान खान भर्चुअली रुपमा उपस्थित भएका थिए ।
यो निर्णय पछि सलमानले सोसल मिडियामा फोटो शेयर गर्दै फ्यानलाई धन्यबाद भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया