कांग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिष्ठ र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् ।

संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए । आज पार्टीको हेटौंडा (५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म सदभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको बिचार व्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रती चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले बिकास र समृद्धिको सपनालाई २०६२र६३ पछिको परिवर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्कि, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?