सत्यमोहन जोशी दम्पतीले गरे मृत्युपछि शरीर दान गर्ने घोषणा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीर दान दिने घोषणा गरेका छन् ।

आज (शुक्रवार) ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका हुन् ।

मृत्युपछि चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफूहले शरीर दान दिएको उनीहरुको भनाइ रहेको छ ।

उनीहरुको घोषणा अनुसार मृत्युपछि उनीहरुको शरीर किष्ट मेडिकल कलेजलाई दान दिइनेछ ।

मृत्युपछि पनि आफ्नो शरीरको काम होस भन्नका लागि उनीहरुले शरीर दान गरेको बताएका छन् ।

जोशी दम्पतीले आज नै हस्ताक्षरसहित किष्टलाई मृत्युपछि आफ्नो शरीर दानको रुपमा उपलब्ध गराउने सहमती जनाएका छन् । भने उनीहरुका छोरा छोरा अनुपराज जोशीले मञ्जुरी पत्रमा हस्ताक्षर गरी सहमती जनाएका छन् ।

हाल सत्यमोहन १०१ वर्ष र उनकी श्रीमती राधादेवी ९६ वर्षका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?