बलिउडका यी ‘खलनायक’ जसले अमिताभ बच्चनको भन्दा धेरै पारिश्रमिक लिन्थे

काठमाडौं । बलिउडमा केहि यस्ता खलनायक देखिए, जसले दर्शकको मनमा डर पैदा गरे, हँसाए र रुवाए पनि ।

यो लिस्टमा अमरीश पुरीदेखि लिएर गुलशन गेवरसम्मको नाम छ । तर बलिउडमा एक अर्का ‘भिलेन’ पनि थिए, जसको नामले नै मानिस डराउँथे, उनले कहिले रुवाए, त कहिले हँसाए । साथै आफ्नो अभिनयले फरक पहिचान पनि बनाए ।

उनको नाम हो प्राण । उनले आफ्नो अभिनयले राजेश खन्ना, अमिताभ बच्चन जस्ता कलाकारको मनमा राज गरे । उनलाई सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चको भन्दा धेरै पारिश्रमिक मिल्थ्यो ।

डन फिल्मका लागि अमिताभलाई ढाई लाख दिइएको थियो भने प्राणलाई यहि फिल्ममा ५ लाख रुपैयाँ दिइएको थियो । उनी भिलेन थिए तर उनी पारिश्रमिक धेरै लिन सफल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?