निर्देशकले ‘कट’ भनिरहे… धेरैबेरसम्म पनि यो जोडी चुम्बनमा हराइरहे…

लोकपथ
0
Shares

काठमाडौं – समाचार शिर्षक हेरेर नै तपाईले अनुमान गरिसक्नुभयो यो कुन जोडी हो भनेर ? पक्कै पनि यो जोडी हो-दिपिका र रणविरको ।

वैवाहिक जीवनमा प्रवेशसँगै एक अर्कासँग श्रीमान् श्रीमतीको सम्बन्धमा रमाइरहेका यो जोडीको लागि एक फिल्मको ‘किस सीन’  यतिसम्म कोशेढुंगा सावित भयो कि त्यो किसले उनीहरुलाई छुट्नै नसक्ने बनायो ।

कुरा सन् २०१२ को हो ।

”सञ्जय लिला भंसालीको फिल्म गोलियों की रासलीला-रामलीलाको सेटमा ‘अंग लगा दे’ गीत छायांकन गर्नुपर्ने थियो । दुबैले गीतको अन्त्यमा एउटा किस सीन दिनुपर्ने कारण छायांकनका लागि ‘सेट रेडी’ गरिएको थियो । ‘किस सुट’ शुरु भयो । चाहिएको ‘सट’ खिचेपछि निर्देशकले ‘कट’ भने तर यो जोडी रोकिएनन् । उनीहरु चुम्बनमा यसरी डुबेका थिए कि एक अर्कालाई निकै लामो समय चुम्बन गरिरहे । त्यो रात छायांकनको सेटमा ५० जनाको उपस्थिती थियो । ति सबैले यो दृश्य हेरिरहे । यो देखेर सबैजना चुप थिए । त्यहि दिन पुष्टि भयो यी दुई गहिरो प्रेममा छन् ।” एक अन्तरवार्ताका क्रममा फिल्मका क्रू मेम्बरले मिडियामा भनेका थिए ।

Image result for deepika ranabir kiss

सेटमा उनीहरुको प्रेम सम्बन्धबारे चर्चा थियो र अनुमान गरेका थिए कि फिल्मको सुटिङ पछि यी दुईको प्रेम पनि बिलाउनेछ तर यस्तो भएन । जब यी दुईको जोडी बाजीराव मस्तानीमा सँगै देखियो तब धेरैले यो सम्बन्धको गहिराई नापिसकेका थिए ।

मिडिया रिपोर्टका अनुसार बाजीराव मस्तानीको सुटिङका बेला रणवीर सुटिङका बेला आफ्नो सीन दिएपछि सेटबाट जाँदैनथे । उनी दीपिकाका लागि त्यहाँ नै बसिराख्थे ।

Image result for deepika ranabir kiss

कहिले छायांकन, कहिले प्रमोशन, कहिले विज्ञापन, कहिले मिडिया, कहिले अन्तर्वार्ता, कहिले इभेन्ट त कहिले च्यारिटी । यतिविघ्न व्यस्त सेड्युलका बाबजुत पनि ६ बर्षसम्म सुमधुर प्रेम सम्बन्धमा रहेका जोडी हुन् यी ।

त्यसैले यो भन्न सकिन्छ, ‘एकअर्कासँग नजिकीएका उनीहरु बीचको निकटता सन् २०१२ मा फिल्म गोलियों की रासलीला–रामलीलाको सेटमा झाँगियो ।’ यो उनीहरुले सँगै अभिनय गरेको पहिलो फिल्म थियो ।

दिपिका र रणविरले मौका मिल्नासाथ एकअर्कालाई सरप्राइज दिँदै माया दर्शाउने कुनै मौका छाड्दैनन्। यसले पनि यीनिहरुको सम्बन्ध प्रगाढ बनाएको छ ।

Image result for deepika ranabir kiss

पक्कैपनि प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाईन – डे’ नजिकिरहेको यो सन्दर्भमा बलिउडका चर्चित एक जोडी रणवीर सिंह र दीपिका पादुकोणको प्रेम कहानी कसरी शुरु भयो र कसरी फक्रियो भन्ने जानकारी थाहा पाउन धेरैलाई मन होला । यहाँ हामीले उनीहरुका बारेमा केही कुरा प्रस्तुत गरेका छौँ ।

रणवीर र दीपिकाले १४ नोभेम्बर, २०१८ मा कोंकणी रीति–रिवाजमा इटलीको लेक कोमोमा विवाह गरेका थिए ।

विवाह अघि यी दुईले एकअर्कालाई ६ वर्षसम्म डेट गरे। मौका मिल्नासाथ एक दोस्रोलाई सरप्राईज दिने यो जोडीको पुरानो बानी हो ।

यी दु्वै जना सेटमा जाँदा एक–अर्कालाई ‘बेबी’ भनेर बोलाउँथे ।

उनीहरु सँगै खाना खान्थे ।

सुटिङ नहुँदा ‘भ्यानिटी भ्यानमा’ घण्टौँसम्म बसेर गफ गर्थे अनि समय बिताउँथे ।

ग्रुप डिनरका बेला पनि यी दुईको नजर एक- अर्कामाथि मात्रै हुन्थ्यो ।

दुबै घण्टौंसम्म कुरा गर्दथे ।

जब दीपिका वरिपरि हुन्थिन् तब रणबीर उनलाई मात्रै हेर्ने गर्दथे । दिपिकाको सुन्दरतामा उनी यसरी मोहित भएका थिए कि उनी एकोहोरो नै भएका थिए । दीपिकाको करियरबारे घोत्लिरहेका रणविरले एकदिन उनलाई हलिउड जाने सल्लाह दिएका थिए ।

एक अन्तर्वार्ताका क्रममा सम्बन्ध कसरी टिकाउने भन्ने प्रश्नमा यी दुईले निकालेको निष्कर्ष यस्तो थियो :

एकअर्कालाई बुझ्ने, एकअर्काको परिवारलाई सम्मान र महत्व दिने, आपसी आकर्षण कायम राख्ने, एकअर्कासँग क्वालिटी टाइम विताउने, पुरानो लय नछाड्ने, एकअर्काको सोंचलाई सम्मान, एकअर्कालाई सुन्ने र बुझ्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?