जसपाका स्थायी कमिटी सदस्य इस्लाम हवारी ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का स्थायी कमिटी सदस्य इस्लाम हवारी ओली पक्षको नेकपामा प्रवेश गरेका छन् ।

शुक्रवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट खादा लगाउँदै हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका हुन् ।

“प्रधानमन्त्री ओलीले उनलाई आफ्नो समूहमा स्वागत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । जसपा स्थायी कमिटी सदस्य इस्लाम हवारीको पार्टी प्रवेश । प्रधानमन्त्रीद्रारा स्वागत ।” उनले भने ।

संसद विघटनपछि दुई भागमा विभाजित नेकपामा पार्टी प्रवेशको क्रम चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?