टेस्ट कप्तान जो रुट फेरि टीम बाहिर : भारत भ्रमणमा ५ टी-२० म्याचका लागि इंग्ल्याण्डको टीम घोषणा

काठमाडौं । भारतविरुद्ध टेस्ट सीरीजमा १ ० ले अघि रहेको इंग्ल्याण्डले १२ मार्चदेखि शुरु हुने ५ टी २० म्याचका लागि नयाँ टीमको घोषणा गरेको छ ।

टेस्ट टीमका कप्तान जो रुटलाई एक पटक फेरि १६ सदस्यीय टीमबाट बाहिर राखिएको छ ।त्यस्तै विकेटकिपरको रुपमा जोस बटलरलाई मौका दिइएको छ ।

बटलर भारतविरुद्ध पहिलो टेस्ट म्याचपछि स्वदेश फर्किएका छन् । उनी अब टी २० सीरीजमा टीमसँग जोडिनेछन् । पाँच वटै टी २० म्याच अहमदाबादको मोटेरा स्टेडियममा हुनेछन् ।

इंग्ल्याण्डले २७ वर्षीय ओपनिङ ब्याट्सम्यान लियाम लिविङस्टोनलाई टीममा राखेको छ । जो रुट भने लामो समय यता टी २० टीममा पर्न सकेका छैनन् । उनले आफ्नो अन्तिम टी २० म्याच ५ मे २०१९ मा पाकिस्तानविरुद्ध खेलेका थिए ।

इंग्ल्याण्डको टी २० टीममा इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, स्याम बिलिंग्स, जोस बटलर स्याम करेन, टम करेन, क्रिस जोर्डन, लियाम लिविङसटोन, डेविड मलान, आदिश राशिद, जेसन रोय, बेन स्टोक्स, रीस टोपली र मार्क वुड रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?