स्वास्थ्य परीक्षणका लागि झलनाथ खनाल भारत प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि वरिष्ठ नेता खनाल दिल्ली प्रस्थान गरेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए । वरिष्ठ नेता खनाल साढे ११ बजे नेपाल बायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य परीक्षण भारतको अपोलो अस्पतालमा हुनेछ ।

त्यस्तै भारत बसाईको क्रममा राजनीतिक भेटघाट नहुने उनको सचिवालयले जनाएको छ ।

त्यस्तै वरिष्ठ नेता खनाल सोमवार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?