९ चैत्र २०७९, बिहीवार

पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक : हिमालयन उद्धार संघ

२०७७,माघ,३०,शुक्रवार १२:०९

0
Shares

काठमाडौं । कोरोना संक्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकामा जोड दिइएको छ ।

हिमालयन उद्धार संघ नेपालको यहाँ सम्पन्न ४६ औँ वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ ।

सो अवसरमा संघका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा संघका कार्यक्रम विस्तार गरिने बताए । उनले खुम्बु पासाङल्हामु तथा मनाङको ङिस्याङ गाउँपालिकासँग समन्वय गरी विभिन्न सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

बैठकमा संघका महासचिव श्रीराम खत्रीले प्रस्तुत गरेको आ.व २०७६/७७ को प्रगति प्रतिवेदन तथा आ.व २०७७/७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आ.व २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तथा आ.व २०७७/७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, संघका मेडिकल निर्देशक डा. बुद्ध बस्न्यातले प्रस्तुत गरेको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,३०,शुक्रवार १२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००