काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता एवम् सचिवालय सदस्य झलनाथ खनाल शुक्रवार (आज) दिल्ली जाँदैछन् ।
स्वास्थ्य उपचारको लागि वरिष्ठ नेता खनाले दिल्ली जान लागेका हुन् । केहीबरेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवाको उडानमार्फत दिल्ली जान लागेका हुन् ।
उनको दिल्लीको अपोलो हस्पिटलमा उपचार हुने उनको सचिवालयले जनाएको छ । साथै ४ दिन भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नहुने बताइएको छ ।
उनको सचिवालयले दिएको जानकारी अनुसार खनाल सोमवार नेपाल फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया