९ चैत्र २०७९, बिहीवार

वातावरण मन्त्री चौधरी इथियोपिया प्रस्थान

२०७४,आश्विन,१८,बुधबार ०७:२६

9
Shares

काठमाडौँ, १८ असोज ।जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह (एलडिसी)का वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन ।आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २३औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो ।बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु परेको समस्या, जलवायु न्याय तथा दिगो विकास लक्ष्यलगायतका विषयमा छलफल हुने मन्त्री चौधरीले जानकारी दिइन ।उनले बैठकमा नेपालले जलवायु परिवर्तनलाई सिर्जित समस्याका बारेमा स्पष्ट धारणा राख्ने बताइन ।सम्मेलन बिहीबार र शुक्रबार दुई दिन चल्नेछ । एलडिसीमा नेपालसहित ४७ वटा मुलुक आबद्ध रहेका छन् । केही वर्षदेखि एलडिसी राष्ट्रहरुले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००