घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो । भने आज मूल्य तोलामा ६ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?