कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त

RSS
0
Shares

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले बाह्र पशुपक्षी र जीवजन्तुका नामबाट वर्ष नामकरण गरी सोहीअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिप्रदाको दिन मनाउँदै आएको बौद्ध धर्मावलम्बीहरुको ग्याल्पो ल्होसारअनुसार आजदेखि मुसा वर्ष सकिएर गोरु वर्ष शुरु भएको र तामाङ समुदायको सोनाम ल्होसारअनुसार सुङ्गुर वर्ष शुरु भएको अवसरमा यस पर्वले नेपाल र नेपालीमा आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने बताएका छन् ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वले सामाजिक सद्भाव र एकतालाई दिगो एवं दरिलो बनाउन सहयोग गर्छ र यसमा हामी सबैको साझा दायित्व हुनुपर्दछ । ल्होसार पर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा विद्यमान सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताउनुभएको छ ।

‘ग्याल्वो र सोनाम ल्होसार पर्व २०७७’ को अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायलाई आज शुक्रवार एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले नेपाली समाजमा रहेका मौलिक पर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताएका । नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा उनले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, “विभिन्न विशेषता र पहिचान बोकेका नेपाली सांस्कृतिक चाडपर्वहरु हाम्रा सम्पत्ति हुन् । तिनको संरक्षण संवद्र्धन र प्रवर्द्धनले हाम्रो आपसी भाइचारा सम्बन्ध, सद्भाव र एकता दिगो तथा बलियो बनाउन मद्दत पुग्छ । हरेक चाडपर्व संरक्षण गर्नुमा हामी सबैको साझा भूमिका हुनुपर्दछ ।”

सुखी र समुन्नत राष्ट्र निर्माणमा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेश सरकारको ‘सुखी कर्णाली, सुखारी कर्णालीवासी’ को सपना पूरा गर्न बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ल्होसार पर्वले मद्दत पुग्ने भन्दै उनले समग्र नेपाली जनतालाई एकतावद्ध हुने प्ररेणा मिलोस् भन्ने शुभकामना प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?