फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँगाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ । समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यचौकीमा आवश्यक उपकरण जोड्दै गएको हो ।
गत सातादेखि फक्ताङलुङ–५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नका लागि भिडियो एक्सरे सेवा शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए । मान्छेको संवेदनशील अङ्ग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको उनले जानकारी दिए । जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपापलिकामै दिन लागेको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।
विगतका दिनमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालको प्रयोग गर्न सदरमुकामसम्म पुग्नुपथ्र्यो । गाउँपालिकाले एक चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिइरहेको प्रवक्ता लामाले बताए । आफ्नै गाउँमा भिडियो एक्सेर, इसिजी र प्रयोगशाला सेवा लिन पाउने भएपछि खुशी भएको स्थानीयवासी पूर्णकुमारी लिम्बूले बताइन् । फक्ताङलुङ गाउँपालिकाको जनसङ्ख्या १४ हजार ८८४ रहेको छ । सातवटा स्वास्थ्यचौकी र आठ सामुदायिक स्वास्थ्य एकाइबाट गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया