महिला लिगमा आज पुलिस र चन्द्रपुर भिड्ने

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।

चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ । पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ ।

प्रतियोगितामा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, चौदण्डगढी नगरपालिका, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागि छन्।

लिगमा अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने आर्मी २२ अंक जोडेर दोस्रो तथा वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पुलिस ८ खेलमा ११ अंक जोडेर चौंथो तथा चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?