एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा ब्रानस्लीमाथि १–० को झिनो अन्तरको जित निकाल्दै चेल्सीले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले एक मात्र निर्णायक गोल गरे । अब चेल्सीले अन्तिम आठमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ । दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब ब्रानस्लीले चेल्सीविरुद्ध बलियो चुनौती खडा गरेको थियो ।
यस्तै गएराति भएको अर्को खेलमा साउथह्याम्पटनले उल्भ्सलाई २–० गोलअन्तरले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको छ । साउथह्याम्पटनका लागि ड्यानी इन्ग्स र स्टुवार्ट आर्मस्टङले गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया