एजेन्सी । जर्मन क्लब बायर्न म्युनिकले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। गए राति भएको फाइनलमा मेक्सिकोको टिग्रेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।
यसअघि सन् २०१३ मा बायर्नले पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको थियो।
कतारको एजुकेसन सिटी रंगशालामा भएको खेलमा टिग्रेसलाई झिनो अन्तरले हराउँदै बार्यनले सात वर्षपछि क्लब विश्वकपको उपाधि चुमेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्डले निर्णायक गोल गरेका हुन् । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले खेलको दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।
बायर्नले खेलअवधिभर राम्रो खेल्दै एकपछि अर्को प्रहार गरेको थियो। १७ पटक टिग्रेसको पोष्टमा प्रहार गरेको बायर्नले ५६ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया