विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८७ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ७४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?