काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रपति र प्रधानमन्त्री नै राज्य नभएको बताएका छन् । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन्।ती पदाधिकारीका असंवैधानिक र गलत कामको आलोचना लोकतन्त्रमा गर्न पाइन्छ।’
उनले भनेका छन्, ‘आलोचनालाई राज्यविरूद्धको अपराध भन्नु हास्यास्पद छ । निरंकुशता र दमनले मनपरीतन्त्र नटिक्ने तथ्य नेपालमा पुष्टि भइसकेको छ । यसको राष्ट्रपति र प्रधानमन्त्रीले स्मरण गरून्।’
नेतृ झाँक्री केही बेरअघि रिहा भएकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया