काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृङ्खलाप्रति नेपाली कांग्रेसले गहिरो चिन्ता प्रकट गरेको बताएका छन् ।
उनले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुवै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई शतर्क गराएका छन्।
साथै उनले नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै नभएको समेत बताएका छन् ।
‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन्, यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ, नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया