झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालिनरुपमा घातक छन् : रवीन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् एक स्टाटस लेख्दै उनलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका हुन् ।

साथै उनले रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ तर प्रवृत्ति नबद्लिने बताएका छन् ।

उनले झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालिनरुपमा घातक रहेको समेत बताएका छन् ।

त्यस्तै मिश्रले प्रधानमन्त्रीलाई कानून लाग्छ कि लाग्दैन भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘झाँक्रीलाई बिना शर्त रिहा गर ! जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानून हुन्छ। रसातलको राजनीतिुलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालिनरुपमा घातक छन्। उनलाई कानून लाग्छ कि लाग्दैन ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?