काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई राज्यबिरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको बताएकी छन् ।
उनले सबैलाई धैर्य गर्न भन्दै यो अन्तिम लडाईं भएको र आफ्नो ठाउँमा डट्न सुझाएकी छन् ।
उनले आफू अपराध अनुसन्धान मिनभवनमा रहेको जानकारी गराउँदै सबैलाई धैर्य गर्न भनेकी छन् ।
राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021
सोसल मिडिया ट्वीटरमा एक ट्वीट शेयर गर्दै उनले भनिन्, ‘राज्यबिरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभवनमा छु । सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया