काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता गोकर्ण विष्टले नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेका छन् ।
नेता विष्टले अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्रको जग बलियो हुन नसक्ने बताउँदै नेतृ झाँक्रीको रिहाइको माग गरेका हुन् ।
“अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको जग बलियो हुन सक्दैन । कमरेड रामकुमारी झाँक्रीलाई तुरुन्त रिहा गर ।” उनले भने ।
नेतृ झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको निवास शंखमुलबाट पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धान महाशाखा मीनभवन राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया